नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय, पदाधिकारीको संख्या २१ पुर्‍याइयो

१३ असार, काठमाडौं – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले १ सय ९९ बाट बढाएर २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो ।

सचिवालयका अनुसार एकीकृत समाजवादीले पदाधिकारीको संख्या पनि बढाएर २१ पुर्‍याएको छ । विधान मस्यौदालाई संशोधन गरी अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव ४, सचिव ७ सहित २१ सदस्यीय पदाधिकारी हुनेछन् ।

यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...