नेकपा (माओवादी केन्द्र) पार्टीको पदाधिकारी बैठक आह्वान

२ पुस, काठमाण्डौं – नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ ।

पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक भोलि (मंगलबार) दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । उनका अनुसार बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

“बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने ।

माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...