नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको बेलायत भ्रमणमा: संसद् भवनको विशेष कार्यक्रममा सम्वोधन गर्ने

२६ पुस, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला बेलायत पुगेका छन्। इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लन्डन गएका हुन्।

बिहीबार राति १०:३० बजे लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका कोइरालालाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। विमानस्थलमा उनले आफू एक सांसदको हैसियतमा बेलायत भ्रमणमा आएको र यस अवसरमा बेलायती सांसद तथा नेताहरूसँग भेटघाट गर्दै अनुभव आदानप्रदान गर्ने बताए।

नेपाली समुदायलाई समृद्धिका लागि भूमिका खेल्न आग्रह
कोइरालाले बेलायतस्थित नेपाली समुदायलाई नेपाल-युके सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न अनुरोध गरे। उनले नेपाली समुदायलाई आफ्नो देशको समृद्धिमा साथ दिन आग्रह गर्दै उनीहरूलाई देशका “राजदूत”का रूपमा प्रस्तुत हुनुपर्ने बताए।

कांग्रेसको मूलभूत मूल्यप्रति चिन्ता
एक प्रसंगमा कोइरालाले नेपाली कांग्रेसको मूलभूत मूल्य (कोर भ्यालु) खस्किएकोप्रति चिन्ता व्यक्त गरे। उनले यसबारे सोच्न र पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताए।

बेलायत भ्रमणको कार्यक्रम
कोइरालाले आगामी जनवरी १३ मा बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा बेलायती विदेश राज्यमन्त्री, उद्योग वाणिज्य मन्त्री, सांसदहरू, र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहनेछ।

नेता कोइरालाले एक हप्ते भ्रमणका क्रममा बेलायती राजनीतिज्ञहरूसँग भेटघाट गर्नेछन्। साथै, लन्डनलगायत विभिन्न स्थानमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो उनले लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। शुक्रबार साँझ साउथ ह्यारोमा उनलाई नागरिक अभिनन्दन गरिनेछ।

जनवरी ११ मा क्याम्ब्रिज र जनवरी १२ मा साउथ इष्ट लन्डनमा हुने कार्यक्रममा उनले सहभागी हुनेछन्। जनवरी १४ मा प्लमस्टिडस्थित गोर्खा क्याप्रीकनमा हुने ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोइरालाको सहभागिता रहनेछ।

नेता कोइराला जनवरी १६ मा नेपाल फर्किने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार...
बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् । मंगलबार बिहान बानेश्वर...
लघुवित्त पीडितसँग सरकारको सम्झौता, प्रसाईंले बैंक ऋणीका माग पनि घुसाए

लघुवित्त पीडितसँग सरकारको सम्झौता, प्रसाईंले बैंक ऋणीका माग पनि घुसाए

९ भदौ, काठमाडौं — सरकारले साउन र भदौमा तीन छुट्टाछुट्टै लघुवित्त पीडित समूहसँग सम्झौता गरेको छ । आमरण अनशन, धर्नालगायतका आन्दोलन ग...
वर्षाका कारण बाँसबारीमा भासियो साढे २ तले घर

वर्षाका कारण बाँसबारीमा भासियो साढे २ तले घर

५ भदौ, काठमाडौं — काठमाडौंको बाँसबारीमा साढे २ तले एउटा घर भासिएको छ । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित उक्त घर बिहीबार बेलु...