पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

२३ माघ, काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु नहुने बताएका छन्।

रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने पनि बताए।

‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन, कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक।’

केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए।

‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि गर्नुपर्‍यो तर बिचलित नभई काम गरेकोले त्यसैलाई आधार मानेर राजनीतिक यात्रा सुरू भयो।’

पाँच, छ महिनाकै तयारीमा देशको राजनीतिक चौथो शक्ति जनताले बनाइदिएको उनको भनाइ थियो। उनले दलीय आबद्धता त्याग गर्न पत्रकारहरूलाई आग्रह पनि गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...