पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति प्रधानमन्त्री केपी शर्मा ओली टिप्पणी: पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ?

७ मङ्सिर, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई ‘वाहियात’ र ‘कायर’ को संज्ञा दिएका छन् ।

उनले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गरेका छन् ।

‘कतिले के-के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहि परिपक्वता भेट्नुभयो ?’ प्रधानमन्त्री ओलीले भने,’ यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीहरूलाई पारस्परिक लाभ र समान सम्बन्धहरू । पारिस्परिक सम्मानका आधारमा व्यवहार गर्छौं र सम्बन्ध राख्छौं ।’

गत साता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय पत्रिका हिन्दूलाई अन्तर्वार्ता दिँदै चाइना कार्ड खेल्नका लागि ओली भारत नगइ चीन भ्रमणमा जान लागेको बताएका थिए । त्यसको एमालेले कडा शब्दमा विज्ञप्ति मार्फत् पनि खण्डन गरेको थियो ।

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई अत्यन्तै सन्तुलित सम्बन्धको रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

‘हाम्रो भौगोलिक अखण्डताको रक्षा गर्दै हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई रक्षा गर्दै राष्ट्रिय हितको रक्षा गर्दै छिमे सम्बन्धलाई अझै सुदृढ बनाउँछौं’ उनले भने,’हाम्रो कसैप्रति वैरभाव छैन । छैन कोही शत्रु ।’

उनले १७ गतेबाट हुने आफ्नो भ्रमण सफल हुने बताए । ‘म चीनबाट फर्केपछि कसरी सफल भयो भन्न म आफैँ भन्नेछु। चीन यसै घुमेर आउँ भनेर जान लागेको होइन’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...