पाँचथरको फालेलुङमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको: गृहमन्त्री रमेश लेखक

१४ भदौ, काठमाडौं -गृहमन्त्री रमेश लेखकले पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको बताएका छन् ।

बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन बम विस्फोटबाट घाइते भएका थिए भने विस्फोटबाट घाइते दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

माओवादी कार्यकर्ताको घर नजिकै बम विस्फोट भएको घटनाले विस्फोट भएको बम द्वन्द्वकालीन विस्फोटक पदार्थकै एक हिस्सा रहेको आशंकासहित प्रहरीले माथिल्लो तहमा ब्रिफिङ गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रियामा पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको बताएका हुन् ।

‘ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी भयो । यो कसरी पड्कियो भनेर सोधेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको छ ।’

उनले भर्खर संक्रमणकालीन न्यायको कुरा टुंग्यायौं, शान्ति प्रक्रियाका बाँकी काम टुंग्यायौं भनेकोमा द्वन्द्वकालीन बम विस्फोटबाट बालबालिकाको मृत्यु हुनु दुःखद भएको बताए । ‘अहिलेपनि सशस्त्र द्वन्द्वको पीडा जिवित छ, अहिले पनि बम पड्केर दुःखद घटना भएका छन् ।’ उनले अर्को बम पनि झाडीमा फेला परेको र त्यसलाई नेपाली सेनाले निष्क्रिय बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...