पुष्पकमल दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प छैन: योेगेशकुमार भट्टराई

२४ असार, काठमाडौं – नेकपा (एमाले) का सचिव योेगेशकुमार भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै लागि पनि प्रधानमन्त्री दाहालले कांग्रेस-एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा हित हुने उनको भनाइ थियो ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर नै आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधनको कार्य अघि बढाउने बताए ।

सचिव भट्टराईले भने, ‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी कांग्रेस–एमाले एक ठाउँ आएका हौं । हामी दुई एक ठाउँ नआई त यो सम्भावना नै छैन । किनभने दुई तिहाई बहुमत एमालेले कुनै कोलिएशन बनाए पनि पुग्दैन । गाह्रो छ । कांग्रेसले अलग्गै कोलिएशन बनाए पनि पुग्दैन । त्यो पनि सम्भावना देख्या छैन भने माओवादीको त झन त्यो सम्भावना छैन । त्यसैले संविधानमा पुनरावलोकन गर्नुपर्ने र आवश्यकता भए संशोधन पनि गर्नुपर्ने हामीलाई जुन महशुस भयो । त्यो आवश्यकताले नै नेपाली कांग्रेस र हाम्रो बीचमा एउटा सहमति बनेको हो । त्यो सहमतिले संघीय संसद्‌मा दुई तिहाई कमाण्ड गर्छ । दुई वटा पार्टीले मात्रै संख्या पुग्दैन । हामी अरु पार्टीको पनि त्यसमा साथ लिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...