पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब छुट दिने निर्णय गर्‍यो: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल

२९ साउन, काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका व्यापारीलाई बक्यौतामा १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् ।

यो छट २०८१ बैशाख २१ को मन्त्रिपरषद्को बैठकले गरेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलले सरकार, नेपाल विद्युत प्राधिकरण र व्यापारीबीच मेलमिलाप भएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे समिति बनेको पनि दाबी गरे ।

त्यस्तै डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गर्ने उद्योगीले २१ अर्ब ८८ करोड तिर्नुपर्ने तथ्यांक रहेको पोखरेलले बताए । उनले विद्युत प्राधिकरणले उद्योगीहरूलाई बिगोसहित ८ अर्ब मात्रै उठाउनका लागि बिल पठाएको उल्लेख गरे ।

‘जम्मा ६ अर्ब त्यसमा अरु थप तिर्नुपर्ने बिगोसहित जोडेर ८ अर्बको बिल पठायो । जम्मा ८ अर्बको विद्युत बिल व्यवसायीलाई पठायो,’ उनले भने, ‘बैशाख २७ को मन्त्रिपरिषद्को निर्णयले जम्मा ६ अर्ब उठाउ भन्छ । महालेखाको प्रतिवेदनले २१ अर्ब ८८ करोड उठाउ भन्छ, १६ अर्ब खै ?’ उनले अगाडि भने, ‘सरकार, व्यवसायी र लाल आयोगको भाषा, शब्द, शैली जस्ताको तस्तै कसरी मिल्छ ? प्राधिकरण, सरकार र व्यवसायीहरूको सेटिङमा आयोग निर्माण भयो र त्यसले १६ अर्ब छुट दियो,’ उनले भने ।

यसबीचमा सभापति पोखरेलले बक्यौता नतिर्ने व्यापारीलाई काठमाडौंको एक होटेलमा भेटेको समाचार सार्वजनिक भएको थियो । समाचार आएका विषयमा पनि उनले संसदबाट प्रतिक्रिया दिएका छन् ।

सभापति पोखरेलले १६ अर्ब छुट गर्न नदिँदा आफूमाथि आक्रमण भएको बताए । ‘१६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने सभापति भ्रष्टाचारी, यो कहाँको न्याय हो ? सार्वजनिक लेखा समितिलाई नसोधी कसरी छुट दिन सक्छ ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...