प्रकाशशरण महतको दाबी: माओवादीको अस्थिरताले कांग्रेस-एमाले सहकार्य सम्भव

६ माघ, काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रको अस्थिर चरित्रका कारण कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन्।

उनका अनुसार, वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्नेछ, र आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।

आइतबार दिल्लीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महतले सात बुँदे सहमतिको आधारमा सरकारले काम गरिरहेको स्पष्ट पारे। “कांग्रेस र एमालेबीचको समझदारीले सरकारलाई प्रभावकारी बनाएको छ,” उनले भने।

भारतमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै महतले प्रवासी नेपालीहरूले नेपालको राजनीतिमा अर्थपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले भने, “यहाँ रोजगारी र अन्य कारणले बसे पनि तपाईंहरूको भूमिका महत्वपूर्ण छ। निर्वाचनमा सहभागी हुन देश फर्किएर मतदान गर्न आग्रह गर्दछु।”

त्यसैगरी, महतले पार्टीभित्र देखिएको व्यक्तिवादी सोच र आफूकेन्द्रित प्रवृत्तिले विभिन्न समस्या निम्त्याएको बताए। पार्टीमा एकता र जिम्मेवारीको भावना विकास गर्नुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...