४ जेठ, काठमाडौं — प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने कार्यसूची रहेको छ । यस छलफलमा कर प्रस्तावबाहेकका विषयहरू समेटिनेछन् ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
विनियोजन विधेयक अर्थात् आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएपछि जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिनेछ ।
बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुरु हुनुअघि प्रतिनिधि सभा नियमावली मस्यौदा समिति, २०८३ को प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गरिनेछ ।
सम्भावित कार्यसूचीअनुसार उक्त प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्नेछन् ।



