एमालेमा कार्यविभाजनको तयारी, चुनावी समीक्षा पनि हुने

एमालेमा कार्यविभाजनको तयारी, चुनावी समीक्षा पनि हुने

४ जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ । फागुन २१ मा भएको निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा पहिलोपटक औपचारिक रूपमा बस्न लागेको यो बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहने बताइएको छ । साथै नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षाका विषय पनि छलफलमा आउन सक्ने नेताहरूले बताएका छन् । तर बैठक सुरु हुनुअघि सदस्यहरूलाई छलफलका एजेन्डाबारे औपचारिक जानकारी दिइएको छैन । एक सचिवालय सदस्यले एजेन्डाबारे बैठकमै थाहा हुने र कार्यविभाजनको विषयमा छलफल हुने सुनिएको बताएका छन् । एमालेले गत पुसमा ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि हालसम्म नेताहरूको कार्यविभाजन गरेको छैन…
Read More
सर्वोच्च प्रशासनमाथि बारको पनि प्रश्न

सर्वोच्च प्रशासनमाथि बारको पनि प्रश्न

४ जेठ, काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार शर्माको सिफारिसविरुद्ध दायर गरिएका रिट निवेदन दरपीठ भएपछि त्यसको विरोधमा दिइएका निवेदन सर्वोच्च अदालत प्रशासनले होल्डमा राखेको भन्दै सोमबार ३० जना वकिल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेट्न पुगेका छन् । सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर तीनवटा रिट दरपीठ गर्ने आदेश दिएका थिए । त्यसपछि सो निर्णयप्रति असन्तुष्टि जनाउँदै परेका निवेदन लामो समयसम्म दर्ता नगरिएको भन्दै वकिलहरूले चासो व्यक्त गरेका हुन् । डेलिगेसनमा अधिवक्ता विष्णुमाया बस्याल, गीता थापा लगायत सहभागी थिए । सर्वोच्च प्रशासनले करिब एक सातादेखि ती निवेदन रोकिएको अवस्थामा राखेको बताइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता…
Read More
मौसम अपडेट : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मौसम अपडेट : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

४ जेठ, काठमाडौं — हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने सम्भावना रहेको छ । यस्तै कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेश प्रदेशमा आंशिक बदली हुन सक्ने अनुमान गरिएको छ । अन्य हिमाली, पहाडी र तराई क्षेत्रको मौसम भने मुख्य रूपमा सफा रहनेछ । महाशाखाका अनुसार आगामी समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी…
Read More
प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दै

प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दै

४ जेठ, काठमाडौं — प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने कार्यसूची रहेको छ । यस छलफलमा कर प्रस्तावबाहेकका विषयहरू समेटिनेछन् । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । विनियोजन विधेयक अर्थात् आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएपछि जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिनेछ । बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुरु हुनुअघि प्रतिनिधि सभा नियमावली मस्यौदा समिति, २०८३ को प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गरिनेछ । सम्भावित कार्यसूचीअनुसार उक्त प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्नेछन् ।
Read More