प्रधानमन्त्रीलाई अवैतनिक स्वास्थ्य सल्लाहकार थपिए

२३ वैशाख, काठमाडौं — सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा.डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन रहेका अग्रवालले अब स्वास्थ्य नीति, जनस्वास्थ्यका समस्या र चिकित्सा शिक्षाको सुधार सम्बन्धी विषयमा प्रधानमन्त्रीलाई सुझाव दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वको रूपमा अग्रवालको नियुक्तिले सरकारलाई नीति निर्माण र सेवा सुधारमा उपयोगी सहयोग मिल्ने अपेक्षा गरिएको छ। साथै उनले कुनै पारिश्रमिक नलिई आफ्नो अनुभव र समय राज्यलाई दिनेछन्।

प्रधानमन्त्री शाहले आफ्नो कार्यकालमा सार्वजनिक स्वास्थ्यलाई प्राथमिकता दिएको सन्दर्भमा यो नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...