२०८३ बैशाख २३
२०८३ बैशाख २३
२३ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्माथि प्रभाव जमाउन संसद् बोलाउने र रोक्ने रणनीति अपनाएको आरोप लगाएका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले वर्तमान प्रधानमन्त्रीको कार्यशैलीलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना पनि गरेका छन्। थापाका अनुसार संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न संसद् आह्वान र स्थगन जस्ता उपाय अपनाइएको छ। यसअघि पनि यस्तै तरिका प्रयोग गरिएको उल्लेख गर्दै उनले अहिले पनि उही प्रवृत्ति दोहोरिएको बताएका छन्। उनले पूर्व प्रधानमन्त्रीले आफ्ना नजिकका व्यक्तिलाई नियुक्त गर्न प्रयोग गरेको रणनीतिसँग अहिलेको अवस्था मिल्दोजुल्दो रहेको दाबी गरे। उनका…