प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको आग्रह

२९ मङ्सिर, काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् ।

ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे । ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहालमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ,’ पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ तर हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’

पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन ओलीलाई चुनौती दिए । प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रुपमा अपिल गरेको भन्दै उनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिएको पुनको सचिवालयले जनाएको छ ।

दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरु राखेर ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए । ‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौं । राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ । हामी कुनै दिन फेरि पनि चलाउँछौं,’ पुनले भने, ‘प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठीक लगाउन सक्छु भन्ने नठाने हुन्छ । किनकि जनताले बुझेको छ । सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...
फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार ए...
मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...