
२२ असार, काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
शनिबार बसेको मधेस प्रदेशसभाबाट उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १०१ मध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिए । विपक्षमा ३४ मत परेको थियो ।
मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।
नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्रै मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।



