मानवअधिकार उलंघन र गम्भीर उल्लंघनमा गरिएको वर्गिकरण र प्रावधान आपत्तिजनक: जवाफदेहिता निगरानी समिति

२५ साउन, काठमाडौँ – जवाफदेहिता निगरानी समितिले दलीय सहमतिका नाममा दण्डहीनता स्वीकार्य नहुने बताएका छन् ।

मानवअधिकार र संक्रमणकालीन न्यायमा निगरानी र दवावसमूहको रूपमा काम गर्दै आएको समितिले संक्रमणकालीन न्यायमा भएको दलीय सहमतिमा प्रश्न उठाएको हो ।

समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रणकालीन न्यायको निरुपणमा दलीय सहमति सकारात्मक भए पनि सहमति दण्डहीनताको प्रोत्साहनका लागि हुन नहुने ध्यानाकर्षण गरेको छ ।

संयोजक राजुप्रसाद चापागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “दलीय सहमतिको नाममा कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लंघनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजन गर्नेलगायत विषयमा अगाडि बढाएका संशोधन प्रस्तावहरू समस्याग्रस्त देखिएका छन् ।”

समतिले मानवअधिकार उलंघन र गम्भीर उल्लंघनमा गरिएको वर्गिकरण र प्रावधान आपत्तिजनक भएको बताएको छ । “प्रचलित नेपाली कानुन, अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतका कार्य भए पनि मानवअधिकारको उल्लंघन मानिनका लागि सशस्त्र द्वन्द्वको क्रममा निःशस्त्र व्यक्ति वा जनसमुदायविरुद्ध लक्षित गरी वा योजनाबद्ध रूपमा गरिएको हुनुपर्ने प्रावधान अनुपयुक्त छ,” विज्ञप्तिमा उल्लेख छ ।

यसले युद्ध अपराध र मानवताविरुद्धको अपराधका सबै अवयवहरूलाई मानवअधिकारको गम्भीर उल्लंघन मानिने अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन गरेको समितिले बताएको छ । “अर्कोतर्फ युद्ध अपराध र मानवताविरुद्धको अपराधको थ्रेसहोल्ड सन्तुष्ट नपार्ने प्रकृतिका उल्लंघनहरूलाई मानवअधिकारको उल्लंघनको दायराबाट बाहिर राखिएको छ,” विज्ञप्तिमा उल्लेख छ, “जुन संक्रमणकालीन न्यायको उद्देश्य विपरीत छ ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...