मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले गठबन्धन: नेकपा एमालेका नेता योगेश भट्टराई

१९ साउन, काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताए ।

उनले इतिहासको कठिन मोडमा कांग्रेस-एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे ।

भट्टराईले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिए पनि सबै राजनीतिक दलहरूलाई एकसाथ लिएर जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...