राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त

२५ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको हो ।

महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...