रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

Advertisement

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताएका छन्। हाजिरी जमानिमा रिहा भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्।

उनले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर आफूलाई हिरासतमा राखिएको आरोप लगाउँदै अन्ततः प्रमाण अभावका कारण रिहा हुनुपरेको बताएका छन्।

ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा नेता, र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका छन्। साथै, आदेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि सम्मान व्यक्त गरेका छन्।

प्रहरी हिरासतमा रहँदा आफूलाई मानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासनलाई पनि धन्यवाद दिएका छन्। त्यस्तै, उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।

पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्। यदि सरकारले जिम्मेवारी नलिएमा पार्टीले खर्च बेहोर्ने बताएका छन्।

स्वास्थ्य अवस्था अनुकूल नभएकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी दिँदै उनले शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन्।

जेनजी आन्दोलनमा दमन गरेको तथा लापरबाहीपूर्वक ज्यान गएको आरोपमा चैत १४ गते पक्राउ परेका ओली आज रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सु...
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स...
निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

४ मंसिर, काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। ...