लामो वार्तापछि अमेरिका–इरान संवाद अघि बढाउने सहमति

काठमाडौं, असार ८ — अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच स्विट्जरल्यान्डमा १८ घण्टाभन्दा बढी समयसम्म वार्ता भएको छ। दुवै देशबीचको आणविक कार्यक्रम, बाँकी रहेका विवादित विषय तथा क्षेत्रीय सुरक्षाका सवालमा केन्द्रित छलफल सकारात्मक रहेको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार लेक लुसर्न क्षेत्रमा सम्पन्न वार्तामा अन्तिम समझदारीतर्फ अघि बढ्न सकिने आधार तयार गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो। वार्तामा आगामी चरणका राजनीतिक र प्राविधिक संवादलाई निरन्तरता दिने विषयमा पनि सहमति जुटेको जनाइएको छ।

अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने विशेष दूत स्टिभ विटकोफलगायत अधिकारी सहभागी थिए। इरानका तर्फबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराग्चीसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको बताइएको छ।

वार्ताअघि मध्यपूर्वको सुरक्षा अवस्थालाई लिएर तनाव बढे पनि छलफल निर्धारित कार्यक्रमअनुसार सञ्चालन भएको थियो। प्रारम्भिक चरणमा इरानी पक्ष वार्ताबाट बाहिरिएको चर्चा चले पनि अमेरिकी अधिकारीहरूले वार्ता दिनभर निरन्तर जारी रहेको बताएका छन्।

छलफलका क्रममा इरानको आणविक कार्यक्रम, प्रतिबन्धसम्बन्धी विषय, समुद्री सुरक्षालगायत क्षेत्रीय स्थायित्वका मुद्दामा विचार आदान–प्रदान भएको जनाइएको छ। होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजको निर्बाध आवतजावत सुनिश्चित गर्ने विषयमा पनि दुवै पक्षले छलफल गरेको बताइएको छ।

एक्सियसका अनुसार वार्तापछि सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आगामी चरणका संवादलाई व्यवस्थित बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र र प्राविधिक कार्यसमूह गठन गर्ने समझदारी भएको उल्लेख गरिएको छ। साथै, क्षेत्रीय तनावका कारण उत्पन्न हुन सक्ने गलतफहमी कम गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

यद्यपि, वार्तासँग सम्बन्धित केही विषय र इरानी पक्षले सार्वजनिक गरेका केही दाबीबारे अमेरिकी पक्षबाट औपचारिक पुष्टि भने भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...