२०८३ असार ८
२०८३ असार ८
काठमाडौं, असार ८ — विश्वकप फुटबलमा इजिप्टले आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ९२ वर्षपछि प्रतियोगितामा विजयको स्वाद चाख्दै न्युजिल्याण्डलाई ३–१ ले हराएको हो। यस जितसँगै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ भने नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ। खेलमा सुरुआती अग्रता भने न्युजिल्याण्डले लिएको थियो। १५औं मिनेटमा टिम पेनको कर्नरमा फिन सुरम्यानले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गर्यो। प्रशिक्षक होसाम हसानले रणनीतिमा परिवर्तन गरेपछि इजिप्टको खेलमा सुधार देखिएको थियो। ५८औं मिनेटमा मोहम्मद…