शीर्ष टिम आर्सनलले ब्राइटनलाई हरायो

२ पुस, काठमाण्डौं – इंग्लिस प्रिमियर लिगको लिडर आर्सनलले ब्राइटनमाथि २-० गोलको जित हात पारेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रियल जेससले ५३ र हाभार्ट्ले ८७ मिनेटमा गोल गरे।

यता दोस्रो स्थानको लिभरपुल र सातौं स्थानको म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

तेस्रो स्थानको एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ भने वेस्ट ह्यामले वुल्भ्सलाई ३-० गोलले पराजित गरेको छ।

लिगमा आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लाको समान ३८-३८ अंक छ।

म्यानचेस्टर सिटी ३४ अंकसहित चौथो, टोटेनहम ३३ अंकसहित पाँचौ, न्युकासल २९ अंकसित छैटौं र म्यानचेस्टर युनाइटेड २८ अंकसहित सातौं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...