संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म कसरी विश्वासघाती: प्रधानमन्त्री पुष्पकमल दाहाल

३० फागुन, काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई बुधवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा समस्या परेको बताए ।

प्रतिनिधिसभाको बैठकमा आफूलाई धोकेबाज भनेकोमा पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । ‘संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?,’ उनले भने, ‘निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।’

गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच एकता भएको दाहालको भनाइ थियो । ‘आज गठबन्धनमा गरेको परिवर्तनसँगै कांग्रेसभित्रको एकत्वको कारक बन्न पाएकोमा खुसी छु । मेरो कारणले कांग्रेसभित्र एकता पैदा हुँदैछ,’ उनले भने, ‘यो युद्धविराम तपाईंहरूमा भएको छ प्रचण्डका कारणले । यसलाई स्थायी बनाउनुहोला । यसलाई शान्तिमा बदल्नुहोला ।’

कांग्रेसको एकताले मुलुकको लोकतन्त्रलाई बलियो बनाउने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री दाहालले कांग्रेसलाई एकताबद्ध भएर चुनावमा जान पनि शुभकामना दिए । उनले भने, ‘तपाईंहरू एक्लै लड्नुहोला । बहुमत ल्याउनुहोला मेरो त शुभकामना छ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...