सत्य र व्यावसायिकताको मार्गमा लाग्न राष्ट्रपतिको आग्रह

२४ वैशाख, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन र नागरिकको सही सूचना पाउने अधिकार सुरक्षित गर्न जिम्मेवार तथा मर्यादित पत्रकारिता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

वि.सं. १९५८ मा गोरखापत्र प्रकाशन सुरु भएको दिनको सम्झनामा मनाइने २४ वैशाखका अवसरमा राष्ट्रपतिले देशभरका पत्रकार तथा सञ्चारकर्मीलाई शुभकामना दिएका छन्।

कार्यक्रममा उनले ‘वरिष्ठ पत्रकार सम्मान’ र ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्राप्त पत्रकारहरूलाई सम्मान गर्दै पत्रकारितामा उनीहरूले दिएको योगदानको प्रशंसा गरेका छन्।

राष्ट्रपतिले अग्रज पत्रकारहरूको मेहनत र समर्पणले नयाँ पुस्तालाई सत्य, व्यावसायिकता र नैतिकताको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...