‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान गर्नुपर्ने बताएका छन्।

सिंगापुरमा उपचार गराएर आजै स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तन सहज नहुने आफूले राम्रोसँग बुझेको बताएका छन्। उनले सरकारले आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा अघि बढे त्यसले मुलुकको हित नगर्ने बताएका हुन्।

‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्।

देउवाले सरकार आफ्नो जिम्मेवारीबाट विमुख भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे त्यसले सत्तारुढ दलसँगै मुलुकलाई पनि फाइदा नहुने बताएका छन्।

‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन। त्यसैले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ,’ उनले भनेका छन्।

ताजा जनमतबाट सत्तामा आएको दलले जनताको मतको सम्मान गर्नुपर्नेमा जोड दिँदै देउवाले लोकतन्त्रमा जनता नै सर्वोच्च हुने मान्यता कसैले परिवर्तन गर्न नसक्ने बताएका छन्।

‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ उनले भनेका छन्।

देउवाले परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न आफूहरू तयार रहेको पनि बताएका छन्। उनले विवेक, पारदर्शिता र न्यायलाई आधार बनाएर हरेक रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘हामी अन्धाधुन्ध दौडिने छैनौँ, विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौँ,’ उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान...
किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

२८ साउन, काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ। आज बिहान ...
खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व...
टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा स...