सीमा, सुकुमबासी र अर्थतन्त्रबारे साम्पाङका प्रश्न

२२ वैशाख, काठमाडौं — प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको काम गर्ने तरिकाप्रति असन्तुष्टि जनाउँदै खुला पत्र सार्वजनिक गरेका छन्।

‘संसद् छलेर चल्ने सरकार’ भनेर सम्बोधन गरिएको पत्रमा उनले सीमा सुरक्षा, सुकुमबासीको समस्या र देशको आर्थिक अवस्थाबारे गम्भीर प्रश्न उठाएका छन्।

भारतले लिपुलेक क्षेत्र हुँदै कैलाश–मानसरोवर जाने सडक निर्माण गरिरहँदा सरकार किन मौन छ भन्ने प्रश्न उनले गरेका छन्। केवल कूटनीतिक नोट पठाएर मात्र समस्या समाधान नहुने भन्दै नेपाल, भारत, चीन र संयुक्त राष्ट्रसंघबीच चारपक्षीय वार्ता गरी सीमा संरक्षण गर्नुपर्ने उनको माग छ।

साम्पाङले सेनाको प्रयोगप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्रीहरूको व्यक्तिगत काममा सेना लगाइएको आरोप लगाउँदै उनले सीमा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी नहुँदा सीमा मिचिएको दाबी गरेका छन्। उनका अनुसार सेना सीमामा नै खटाइनुपर्छ।

सुकुमबासी बस्ती हटाउन डोजर प्रयोग भइरहेको विषयमा पनि उनले टिप्पणी गरेका छन्। ती डोजरहरू बाढीले क्षति पुर्‍याएको स्थान, जस्तै रोशी खोलामा बाटो खुलाउन र विपद् व्यवस्थापनमा प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

विदेशी ऋण लिँदै देशलाई जोखिममा पार्ने काम तत्काल रोक्न उनले आग्रह गरेका छन्। साथै, राज्य सञ्चालन सन्तुलित रूपमा गर्न नसक्ने हो भने पद छोडेर मार्ग खुला गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन्।

साम्पाङले बजेट निर्माण गर्दा सबै वर्गका जनताको समस्या समेट्नुपर्ने र सरकारले गरेका कामबारे नियमित रूपमा पत्रकार सम्मेलनमार्फत जानकारी दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...