स्मार्ट टेलिकम प्रकरणमा खरेलको स्पष्टीकरण

२४ वैशाख, काठमाडौं — पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै गल्ती नगरेको र त्यसैले कुनै डर नभएको बताएका छन्।

सञ्चारमन्त्री रहेका बेला स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपसहित विभिन्न समाचार सार्वजनिक भएका थिए। तर खरेलले ती आरोप असत्य भएको दाबी गर्दै आफ्ना समर्थक र शुभेच्छुकलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले सत्य लुकाउन नसकिने भन्दै आफ्नो इमानदारी नै आफ्नो बल भएको उल्लेख गरेका छन्।

सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका खरेल हाल रास्वपाबाट ललितपुर–२ क्षेत्रका निर्वाचित सांसद हुन्।

खरेलले आफूविरुद्ध फैलाइएका भ्रामक र नियोजित आरोपले आफ्नो चरित्र र राजनीतिक भविष्यमा असर पार्न खोजिएको बताएका छन्। साथै उनले यस विषयमा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएका छन्।

यस्तो छ खरेलको प्रष्टोक्ति–

 

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...