हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ?: रवि लामिछाने

६ जेठ, काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन्।

‘मेरो प्रश्न छ- हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिऊँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिजीले दिइदिनुभयो भने मेरा लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्य मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई सम्झिएर भने हुन्छ कि मेरा लागि आएको त्यो अफर थियो कि थिएन।’

त्यस्तै गृहमन्त्री बन्न नमिल्ने भनेको विषयबारे प्रधानमन्त्रीको अफर कुन नैतिकताले मिल्ने भनेर प्रश्न गरेका हुन्।

‘म गृहमन्त्री बन्न नमिल्ने भए, प्रधानमन्त्री कुन नैतिकताले मिल्ने रहेछ? अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हुँ। केही गोपनियता अवश्य पनि राखौंला,’ उनले संसदमा भने।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...