२०८१ श्रावण २७
२०८१ श्रावण २७
२७ साउन, काठमाडौँ – श्रम आप्रवासन नीतिको मस्यौदा टोलीले श्रम आप्रवासन प्रक्रियामा लाग्ने खर्च श्रमिकले ब्यहोर्नु नपर्ने नीति तयार गरेको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ टोलीका संयोजक डा गणेश गुरुङले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई ‘श्रम आप्रवासन नीति मस्यौदा–२०८१’ बुझाएको हो । श्रम आप्रासन ब्यवस्थापनमा सुशासन कायम गर्ने नीतिको रणनीतिमा ‘श्रम आप्रासनका क्रममा हुने खर्च श्रमिकले ब्यहोर्नु नपर्ने’ उल्लेख छ । यसलाई कार्यान्वपयन गर्नको लागि ‘श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले व्यहोर्न प्रणालीको विस्तार एवम् प्रभावकारी कार्यान्वयन गरिने’ कार्यनीति लिइएको छ । नीतिलाई सफल बनाउन ‘स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अबलम्बन गरिने, रोजगारदाता र श्रम…