प्रधानमन्त्री कार्की: विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउनुपर्छ

प्रधानमन्त्री कार्की: विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउनुपर्छ

१० पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति रहने व्यवस्थामा सुधार आवश्यक भएको महसुस गरिएको बताएकी छन्। उनका अनुसार, शैक्षिक प्रशासनमा भइरहेको अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्र दीर्घकालदेखि प्रभावित हुँदै आएको निष्कर्षमा पुगेर सरकारले केही ठोस पहल सुरु गरेको हो। प्रधानमन्त्री कार्कीले भनिन्, “प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुने अभ्यासलाई परिमार्जन गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखिएको छ। यस विषयमा गम्भीर छलफल र तयारी भइरहेको छ।” उनले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै, यस क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी विश्वविद्यालयलाई प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिइन्। उच्च शिक्षाका लागि ठूलो…
Read More
रवि–बालेन्द्रको छलफल जारी, सुधनको निर्देशन: सहमति नहुँदासम्म ताला लागिरहने

रवि–बालेन्द्रको छलफल जारी, सुधनको निर्देशन: सहमति नहुँदासम्म ताला लागिरहने

१० पुस, काठमाडौं —  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ । बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । भित्र छलफल चलिरहँदा घरबाहिर जेन-जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् । सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् । उनले भनेका छन्, ‘जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।’
Read More
सामुदायिक वनमा हात्तीको आक्रमणबाट युवक घाइते

सामुदायिक वनमा हात्तीको आक्रमणबाट युवक घाइते

१० पुस, काठमाडौं — झापामा जंगली हात्तीको आक्रमणमा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका–१३ अन्तर्गत रहेको हातेमालो सामुदायिक वन क्षेत्रमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ६ बजे दाउरा संकलन गर्न वनमा गएका बेला अचानक जंगली हात्तीले दाहालमाथि आक्रमण गरेको थियो । आक्रमणका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
कोशी प्रदेशका उदाउँदा क्रिकेटर मिनष थापाको सडक दुर्घटनामा मृत्यु

कोशी प्रदेशका उदाउँदा क्रिकेटर मिनष थापाको सडक दुर्घटनामा मृत्यु

१० पुस, काठमाडौं — मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा २७ वर्षीय थापाको ज्यान गएको हो । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । थापा विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत…
Read More
रविसँगको वार्तापछि बालेन अलग बाटोमा, कुपण्डोल बैठकमा के–के भयो?

रविसँगको वार्तापछि बालेन अलग बाटोमा, कुपण्डोल बैठकमा के–के भयो?

१० पुस, काठमाडौं — रास्वपा सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । रविसँग ठोस सहमति जुट्न नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाएर निर्वाचनमा जाने दिशामा गृहकार्य थालेका हुन् । सभापति लामिछानेको मुख्य उद्देश्य बालेनलाई रास्वपामै समेट्ने रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेसहित विभिन्न दलमा रहेका लोकप्रिय अनुहार तथा सामाजिक सञ्जाल र जनताबीच चिनिएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाएका छन् । बालेनका स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका चर्चित युवा नेताहरूसँग फोनमार्फत ‘एकपटक मेयरसँग भेटेर छलफल गरौँ’ भन्दै प्रस्ताव राखिरहेको बताइएको…
Read More