सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा रोकिएको छ । मन्त्री पदको शपथका लागि नेकपा एमालेबाट सम्भावित तीन जना प्रदेश सांसद मुख्यमन्त्री कार्यालय पुगेका थिए । एमालेले मन्त्री बन्ने नामसमेत टुंगो लगाइसकेको थियो । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट भएपछि सरकार विस्तार हुन सकेन । साँझसम्म प्रतीक्षा गरेका प्रदेश सांसदहरू अन्ततः शपथ नलिई फर्किएका छन् । एमालेबाट मन्त्री बन्ने सूचीमा सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास रहेका थिए । उनीहरूसँगै गत बिहीबार विनाविभागीय मन्त्री बनेका मोहम्मद समिर पनि मुख्यमन्त्री कार्यालय पुगेका थिए ।…
Read More