सीप परीक्षणमा शुल्क नलिने एसभीपीको दाबी, कामदारलाई भ्रममा नपर्न आग्रह

सीप परीक्षणमा शुल्क नलिने एसभीपीको दाबी, कामदारलाई भ्रममा नपर्न आग्रह

१८ साउन, काठमाडौं —  साउदी अरब रोजगारीमा जाने नेपाली कामदारका लागि लागू गरिएको स्किल भेरिफिकेसन प्रोग्राम (SVP) सम्बन्धी विवादका बीच कार्यक्रम सञ्चालन गरिरहेको इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालि. (ITI) ले एसभीपीका नाममा कामदारबाट कुनै पनि प्रकारको शुल्क नलिइएको र भविष्यमा पनि नलिइने स्पष्ट पारेको छ। संस्थाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत एसभीपीसँग सम्बन्धित भ्रामक र आधारहीन सूचना फैलाइएको भन्दै आपत्ति जनाएको हो। संस्थाका अनुसार यस्ता सामग्रीले संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने तथा कामदारलाई भ्रममा पार्ने उद्देश्य राखेका छन्। संस्थाका अध्यक्ष अबु सुफायन खान ले एसभीपीका नाममा कुनै पनि कामदारसँग शुल्क संकलन वा असुली नगरिएको…
Read More