वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक हिलो र अत्यधिक चिप्लो बनेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।

दाउन्ने क्षेत्रको घिउखोला र विश्वकर्मा मन्दिर आसपास वर्षाका कारण सडक बिग्रिएर सवारीसाधन फसेपछि यातायात सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

बुधबार दिउँसोदेखि लगातार परेको पानीका कारण सडकको अवस्था झन् बिग्रिएको छ, जसले गर्दा सवारीसाधन चिप्लिने र जाम हुने समस्या बढेको छ। उनका अनुसार, लगातार सिमसिम पानी परिरहेकाले दाउन्ने उकालोमा सवारीसाधन सञ्चालन गर्न कठिन भइरहेको छ र हिलोका कारण धेरै सवारी फसेका छन्। अहिले मालवाहक सवारीसाधनलाई अरुणखोला क्षेत्रमा रोकिएको छ।

सडकको अवस्था सुधार गर्न दाउन्ने खण्डमा ग्राभेल हाल्ने काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। तर, यस सडक विस्तार आयोजना अन्तर्गत दाउन्ने क्षेत्रमा निर्माण कार्य सम्पन्न नभएकाले सामान्य वर्षामा पनि यस्तो समस्या दोहोरिने गरेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

३ जेठ, काठमाडौं — नेपाली कांग्रेसले ३० वर्षमुनिका युवालाई आवेदन दिनेबित्तिकै सिधै क्रियाशील सदस्यता दिने व्यवस्था सुरु गरेको छ । ...
सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

३ जेठ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही दिशामा अगाड...
‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

३ जेठ, काठमाडौं — सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान वैशाख २९ गते तय गरिएको थियो । सरक...
आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्...