१६ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आफ्ना सांसदहरूसँग अनौपचारिक बैठक गर्न लागेको छ।
पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरूले बिहान ११ बजे पार्टीको संसदीय दल कार्यालयमा बैठक बोलाएका छन्। काठमाडौं उपत्यकामा रहेका सबै सांसदहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
बैठकमा के विषयमा छलफल हुने भन्ने कुरा पार्टीले खुलाएको छैन। तर, एक नेताका अनुसार समसामयिक विषयहरूमा छलफल गर्ने तयारी गरिएको छ।
हाल सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेको छ।
त्यस्तै, सुकुम्बासी बस्तीहरू व्यवस्थापनको स्पष्ट योजना बिना डोजर प्रयोग गरी भत्काएको विषयमा पनि सरकारको आलोचना भइरहेको छ।



