२०८३ बैशाख १६
२०८३ बैशाख १६
१६ वैशाख, काठमाडौं — प्रमुख प्रतिपक्षीसहितका विभिन्न प्रतिपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू जारी नगर्न आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यस विषयमा आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले ती अध्यादेशहरू जारी नगर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो। बैठक नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बसेको थियो। बैठकमा कांग्रेसका नेता आङ्देम्बेसहित प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा सहभागी थिए। बैठकपछि आङ्देम्बेले भने, “राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेशहरू संसदलाई छल्ने उद्देश्यले…