एमालेमा कार्यविभाजनको तयारी, चुनावी समीक्षा पनि हुने

४ जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ ।

फागुन २१ मा भएको निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा पहिलोपटक औपचारिक रूपमा बस्न लागेको यो बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहने बताइएको छ । साथै नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षाका विषय पनि छलफलमा आउन सक्ने नेताहरूले बताएका छन् ।

तर बैठक सुरु हुनुअघि सदस्यहरूलाई छलफलका एजेन्डाबारे औपचारिक जानकारी दिइएको छैन । एक सचिवालय सदस्यले एजेन्डाबारे बैठकमै थाहा हुने र कार्यविभाजनको विषयमा छलफल हुने सुनिएको बताएका छन् ।

एमालेले गत पुसमा ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि हालसम्म नेताहरूको कार्यविभाजन गरेको छैन । स्थायी कमिटी, पोलिटब्युरो तथा अन्य पार्टी समिति र विभागहरू पनि गठन हुन बाँकी छन् ।

एमाले सचिव पदमा रहेका अर्यालका अनुसार अध्यक्षको स्वास्थ्य अवस्थाका कारण सोमबारको बैठकमा मुख्य रूपमा कार्यविभाजन सम्बन्धी विषयमा छलफल भएर निर्णय हुन सक्ने सम्भावना छ ।

निर्वाचनपछि अध्यक्ष केपी ओली केही समय शोकमा परेका थिए । त्यसपछि उनी पक्राउ परेका र पछि रिहा भएपछि पित्तथैलीको शल्यक्रियाका लागि अस्पतालमा बस्नुपरेको कारण पार्टी बैठक बस्न ढिला भएको नेताहरूले बताएका छन् ।

यता एमाले नेता झपटबहादुर रावलले भने तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।

उनका अनुसार २०८२ फागुन २१ मा भएको आम निर्वाचन सम्पन्न भएको करिब अढाइ महिना बितिसक्दा पनि पार्टीको हारको औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटी बैठक नबस्नुले पार्टीभित्र मात्र होइन, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूमा पनि निराशा र चिन्ता बढाएको छ ।

रावलले इतिहासकै कमजोर चुनावी परिणामपछि पार्टीभित्र मौनता छाएको उल्लेख गर्दै सचिवालय बैठकमा छलफल गर्नुपर्ने चार विषय पनि सार्वजनिक गरेका छन् ।

उनले चुनावी हारको गम्भीर समीक्षा, पार्टीको नीति र नेतृत्वमा पुनर्गठन, नेतृत्वको जवाफदेहिता तथा नैतिक जिम्मेवारी र तत्काल केन्द्रीय कमिटी बैठक घोषणा गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...