पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

२५ जेठ, काठमाडौं — पूर्व-पश्चिम राजमार्गम छेउछाउ स्वीकृति विना बनाइएका अस्थायी/स्थायी घरटहरा खाली गर्न आग्रह गरिएको छ।

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो।

सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पन्ध्र दिने सूचना जारी गरी सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सार्वजनिक जमिन खाली गर्न आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले जानकारी दिए।

गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर खण्डको धेरै ठाउँमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत संरचना निर्माण भएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...