प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्पक्ष र सर्वस्वीकार्य बनाउन अस्थायी साझा संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्।

काठमाडौंस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिबीच समन्वय गर्न तथा देखिएका विवाद समाधान गर्न सहमतिमा आधारित संयन्त्र आवश्यक रहेको बताएका हुन्।

पार्टीको बृहत्तर एकताका पक्षमा रहेको बताउँदै उनले त्यसका लागि सभापति गगन थापाले अग्रसरता लिनुपर्ने धारणा राखे।

‘बृहत्तर एकताका लागि सभापति गगनजीबाट पहल हुनु जरुरी छ। सामान्य भेटघाटले मात्र पुग्दैन, दुवै पक्ष बसेर विश्वासको वातावरण बनाउनुपर्छ। हामी पदको भागबण्डा खोजिरहेका छैनौं, १५औँ महाधिवेशन निष्पक्ष हुन्छ भन्ने आधार र वातावरण निर्माण हुनुपर्छ भन्ने हाम्रो माग हो,’ महतले भने।

उनका अनुसार पार्टीभित्र तत्काल सम्बोधन गर्नुपर्ने तीन प्रमुख विषय छन्।

पहिलो, १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, सहभागिता र स्वामित्व सुनिश्चित गर्ने विषय। महतले महाधिवेशन निष्पक्ष हुने आश्वासन मात्र पर्याप्त नहुने र त्यसका लागि विश्वासको वातावरण निर्माण आवश्यक रहेको बताए।

‘दुवै पक्ष बसेर केही दिनमै समझदारी गर्नुपर्छ र महाधिवेशन सम्पन्न गर्ने साझा संयन्त्र बनाउनुपर्छ,’ उनले भने।

दोस्रो विषय क्रियाशील सदस्यता व्यवस्थापन रहेको महतको भनाइ छ। गत पुससम्म नवीकरण वा वितरण गरिएका सदस्यतालाई अद्यावधिक गर्ने प्रक्रियामा पार्टीभित्र मतभेद देखिएको भन्दै उनले दुवै पक्षबीच संवादमार्फत समाधान खोज्नुपर्ने बताए।

कांग्रेसमा महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति रहेको छ।

तेस्रो विषय विधान संशोधन रहेको महतले बताए। उनले विधान संशोधनका विषयमा पनि पार्टीभित्र सहमति र संवाद आवश्यक रहेकोमा जोड दिए।

‘यी विषयमा संवाद गरी निकास निकाल्न सानो संयन्त्र आवश्यक छ। त्यो १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनाबीच समायोजन गर्ने वा सीमित आकारको सहमति संयन्त्र हुन सक्छ,’ उनले प्रस्ताव गरे।

महतका अनुसार यस्तो संयन्त्रले महाधिवेशन निष्पक्ष हुने विश्वासको वातावरण बनाउनेछ र त्यसपछि नेतृत्वमा जो निर्वाचित भए पनि सबै पक्षलाई स्वीकार्य हुने अवस्था सिर्जना हुनेछ।

क्रियाशील सदस्यता अद्यावधिकका विषयमा उनले पार्टी केन्द्रले नै नवीकरण गरिसकेका सदस्यहरूको विवरण अद्यावधिक गर्न सक्ने सुझाव पनि दिए। मृतक तथा अन्य दलमा गएका सदस्यहरूको विवरण स्थानीय तहबाट संकलन गरेर केन्द्रले अद्यावधिक गर्न सक्ने उनको भनाइ थियो।

महतले आफूहरू पार्टी विभाजन वा अलग हुने पक्षमा नरहेको स्पष्ट पार्दै तत्काल बृहत्तर एकताको प्रयास आवश्यक रहेको बताए। उनले महामन्त्री विश्वप्रकाश शर्मासँग पनि यस विषयमा संवाद भइरहेको जानकारी दिए।

पार्टीभित्र लामो समयदेखि देखिएको अन्योल र मतभेदका कारण केही नेता–कार्यकर्ताले पार्टी छाड्ने अवस्था समेत सिर्जना भएको भन्दै महतले समयमै संवाद र सहमतिमार्फत समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...