युक्रेनको आक्रमणले रूसको इन्धन आपूर्तिमा असर : पुटिन

१५ असार, काठमाडौं — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभावको समस्या देखिएको स्वीकार गरेका छन्।

हालैका दिनमा युक्रेनले तीव्र बनाएको ड्रोन आक्रमणका कारण रूसका तेल प्रशोधन केन्द्रहरूमा आगलागी भएपछि धेरै क्षेत्रमा पेट्रोल वितरणमा सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ।

सरकारी टेलिभिजनमा आइतबार प्रसारित अन्तर्वार्तामा पुटिनले, “हाम्रा पूर्वाधारमा भएका यी आक्रमणले समस्या सिर्जना गरिरहेका छन्, यो स्पष्ट छ,” भन्दै प्रतिक्रिया दिएको फाइनान्सियल टाइम्सले जनाएको छ।

उनले आक्रमणका कारण केही इन्धन अभाव भएको स्वीकार गरे पनि अवस्था गम्भीर नरहेको दाबी गरे। साथै, इन्धन आपूर्ति सहज बनाउन सरकारले काम गरिरहेको पनि उनले बताए।

युक्रेनले गरेको पछिल्ला ड्रोन आक्रमणले रूसको इन्धन उत्पादनमा असर पुर्‍याएको विषय पुटिनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेका हुन्।

युद्ध मैदानमा रूसको प्रगति पछिल्लो समय सुस्त बन्दै गइरहेका बेला युक्रेनले रूसी इन्धन पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको छ। यी आक्रमणले रूसका महत्वपूर्ण कमजोरीहरू उजागर गरेको बताइएको छ।

मे महिनायता युक्रेनले मस्कोको केन्द्रदेखि उराल पर्वतसम्म रहेका रूसी तेल प्रशोधन केन्द्रहरूमा मुख्यतः स्वदेशमै विकसित ड्रोन प्रयोग गरेर आक्रमण गर्दै आएको छ। अमेरिकी खुफिया निकायले युक्रेनी ड्रोनलाई लक्ष्य पहिचान गर्न र रूसको हवाई रक्षा प्रणाली छल्न आवश्यक सूचना उपलब्ध गराएको मानिने उल्लेख गरिएको छ।

युक्रेनले सन् २०१४ मा पुटिनले कब्जा गरेको आफ्नो भूभाग क्राइमियामा पनि अहिले आक्रमण गर्न थालेको छ। यसका कारण पर्यटकीय गन्तव्यका रूपमा परिचित उक्त टापुको जनजीवन समेत प्रभावित भएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेर...
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री ...
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...