सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ

१० पौष, काठमाण्डौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् ।

मंगलबार २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको र तिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको बताए।

‘नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन्।’

सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको दाहालको भनाइ थियो । ‘सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन् । यो नेपाली समाजको अभिन्न अंग भइसकेको छ,’ उनले भने, ‘ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो । यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इरानमाथिको सैन्य हमला स्थगित, ट्रम्पले भने– ‘सम्झौताको प्रारम्भिक ढाँचा तयार भयो’

इरानमाथिको सैन्य हमला स्थगित, ट्रम्पले भने– ‘सम्झौताको प्रारम्भिक ढाँचा तयार भयो’

१७ साउन, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारी गरिएको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गरिएको घो...
सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आंशिक रूपमा हटाइयो

सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आंशिक रूपमा हटाइयो

१७ साउन, काठमाडौं — जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्युलाई आंशिक रूपमा खुकुलो बनाएको छ...
निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ ल्याइँदै

निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ ल्याइँदै

१७ साउन, काठमाडौं — पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य आरोहीहरूको शव...
राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

१५ साउन, काठमाडौं — सुनसरी घटनाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थितिको मा...