मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला देउवाले गरे मन्त्रीहरुसँग छलफल

Advertisement

२० फाल्गुन, काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन् ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए ।

मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा उत्पन्न तनावका बीच सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ भने त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ । मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि कांग्रेस सभापति देउवाले आफ्नो दलका मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

११ कात्तिक, काठमाडौं — बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुम...
एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...