स्थानीय तहका जनप्रतिनिधिद्वारा अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम

२० जेठ, काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २६ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।

अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ ।

तोकिएको अनुदान पाउनुपर्ने माग ७ दिनभित्र सम्बोधन नभए ७५३ स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले दिएको छ ।

आइतबार यी दुवै संस्थाका प्रतिनिधिले अर्थ मन्त्रालय बाहिर धर्ना र प्रदर्शन गरेका छन् ।

डेढसय भन्दा बढी गाउँपालिका तथा नगरपालिका र गाउँपालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष एकै थलोमा भेला भएर मन्त्रालयको ढोकामा धर्ना दिएका हुन् ।

सरकारले झण्डै २६ प्रतिशत समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेपछि निर्माण भइरहेका मलुकभरका हजारौं योजना बीचैमा अलपत्र भएपपछि जनप्रतिनिधिहरुले रकम निकासाको माग गर्दै मन्त्रालय घेराउ गरेको जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...