सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न विज्ञहरुको सुझाव

१ साउन, काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलवार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल, पूर्वसचिव गोपिनाथ मैनाली लगायतका अधिकारीहरुसँङ गरिएको छलफल विज्ञहरुले सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न सुझाव दिएका छन् ।

सहकारी संस्थामा नियमनको संकट देखिएको त्यसको बचत रकम समेत अपचलन हुने अवस्था आएको विज्ञहरुले बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा विज्ञहरुले व्यवस्थापक र सञ्चालक एउटै हुँदा पनि समस्याहरु देखिएको औंल्याएका थिए ।

समग्रमा सहकारी क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा कस्ता संकट आएका थिए, ती संकटहरु कसरी समाधान भएका थिए ? मलेसिया, फिलिपिन्स, जापानलगायतका देशका सहकारीका विषयहरुका सन्दर्भमा पनि, बंगलादेशको सहकारीको बारेमा पनि जानकारी प्राप्त भएको छ । मुख्यत सहर, बजार केन्द्रित सहकारीमा चाहीँ बढी सहकारीका समस्याहरु कहाँ कहाँ आए भन्ने सन्दर्भमा हेर्दा वित्तीय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ’ सभापति थापाले भने ।

कानून निर्माणका बेलाका कुराहरुमा पनि छलफल गरेको उनले जानकारी दिए ।  ‘ समग्र स्थिति हेर्दा सेल्फ रेगुलेशन नहुँदा स्टेट रगुलेशनमा नै जोड दिनुपर्छ भन्ने छ । र रेगुलेटरली संयन्त्रहरुमा, नियमनकारी निकायहरुमा सहकारी मोभमेन्टको प्रतिनिधित्व हुनु उचित हो कि होइन भन्ने बारेमा पनि छलफल भएको छ’ सभापति थापाले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...