देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

३ साउन, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताए ।

उनले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताए ।

ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उनको भनाइ छ । ‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ’, उनले भने ।

देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताए ।

विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। ‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिका आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...