राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको हो : कांग्रेस सभापति शेरबहादुर देउवा

६ साउन, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए । सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे ।

संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो ।

“संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,” उनले भने, “संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...