बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

६ साउन, काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।

उनले बहुमत प्राप्त हुने आधार नभएका कारण मार्गप्रशस्त गर्ने बताएका हुन् ।

‘महत्वपूर्ण कुराहरू प्रदेश सभामा रेकर्डमा दर्ज गर्नुपर्छ भनेर बैठकको माग गरेको हुँ। तर पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अवस्था बनिसकेको अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउँदैन। त्यसकारण विश्वासको मत नलिने र अहिलेको समीकरण अनुसार सरकार गठनका लागि  मार्गप्रशस्त गरिदिने निर्णय गरेका छौं,’ उनले भने ।

प्रदेश सभा बैठकअघि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट उनलाई राजीनामा दिन सुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व...
टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा स...
एनसेल बन्द नै गर्ने हो त? एक करोड ८० लाख ग्राहकको सेवामाथि प्रश्न

एनसेल बन्द नै गर्ने हो त? एक करोड ८० लाख ग्राहकको सेवामाथि प्रश्न

२७ साउन, काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट टेलिकम र एनसेलविरुद्ध कारबाही अघि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआ...
भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...