युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

७ भदौ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिका प्रश्नलाई स्वभाविक भन्दै स्वीकार गरेका छन् ।

नेतृत्व गरेको ३६ वर्ष युद्ध र युद्धपछि पनि उथलपुथलमा गुज्रिएको भन्दै जनार्दन शर्माका प्रश्न स्वाभाविक भएको बताएका हुन् ।

वाग्मती प्रदेशस्तरीय दुईदिने परामर्श बैठकको समापनमा उनले आफू नेतृत्वमा रहिरहन इच्छुक नभए पनि तत्काल छोड्ने पक्षमा पनि नरहेको बताएका छन् ।

“३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । मेरो नेतृत्व आनन्ददायी रहे, आँधिमय रह्यो,” अध्यक्ष प्रचण्डले भने, “युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ । प्रचण्डलाई प्रभाकरले यसो भने पनि प्रचण्ड अध्यक्षभन्दा माथि छ ।” आफूमाथिका गम्भीर टिप्पणीलाई स्वभाविक स्वीकार गरेका उनले आफू इच्छा नभएर पनि नेतृत्व छोडिहाल्ने पक्षमा नरहेको बताए ।

“म एकैपटक स्वाट्टै नेतृत्व छोड्न चाहन्न,” प्रचण्डले भने, “पहिला सिस्टम र सेट बनाएर मात्रै नेतृत्व छोड्न उपयुक्त होला ।”

प्रचण्डले बाहिरका साथीहरूले नेतृत्व नछाड्न आफूलाई आग्रह गरेको बताएका छन् । तर, त्यो बाहिर भनेको अन्य दलका नेताहरू हुन् वा देश बाहिरका हुन् भन्ने उनले स्पष्ट पारेका छैनन् । “बाहिरका साथीहरूले मलाई अहिले नै अध्यक्ष नछोड्नुस भन्छन्,” उनले भने, “प्रचण्ड भावुक छ, प्रश्न उठेपछि छोडिदिन्छ भन्ने सन्देश गएको छ । ती सबैलाई समेटेर जानुपर्छ, त्यसैले अहिले मैले नेतृत्व छोड्दिनँ ।”

उनले मृत्यु शय्यामा पुग्दासम्म नेतृत्वमा भने नबस्ने बताएका छन् । “तर, मृत्यु शय्यामा घ्यारघ्यार गरेर पनि नेतृत्व गरिराख्ने कुरा उचित होइन,” प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व...
टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा स...
एनसेल बन्द नै गर्ने हो त? एक करोड ८० लाख ग्राहकको सेवामाथि प्रश्न

एनसेल बन्द नै गर्ने हो त? एक करोड ८० लाख ग्राहकको सेवामाथि प्रश्न

२७ साउन, काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट टेलिकम र एनसेलविरुद्ध कारबाही अघि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआ...
भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...