नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

२९ मङ्सिर, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको शनिबार उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्‍याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए ।

हाल पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने उनले बताए । उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए ।

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गरे । जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्नेमा उनले जोड दिए । उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधार र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गरे ।

मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको उनले बताए । यस सन्दर्भमा सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको उल्लेख गरे ।

पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने उनले बताए । माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

महासचिव पोखरेलले पार्टी र नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए । उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने उल्लेख गरे ।

स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पार्टीको अबको ध्यान वडाकेन्द्रित अभियानमा हुनुपर्नेमा जोड दिए ।

एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताए ।

कार्यशाला उद्घाटनमा उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, पद्मा अर्याललगायत नेताको सहभागिता थियो । कार्यशालामा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित प्रमुख र उपप्रमुखको सहभागिता छ । -रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...
फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार ए...
मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...