संविधानले विभेद अन्त्य गर्दै राष्ट्रिय एकता र समृद्धिको मार्ग देखाएको राष्ट्रपति पौडेलको भनाइ

असोज, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने समाजवाद उन्मुख अर्थतन्त्रतर्फ देशलाई डोऱ्याउने लक्ष्य लिएको बताएका छन्। संविधान दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले राज्यबाट प्राप्त हुने सेवा सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए। साथै, आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।

संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन कर्ममार्फत इमानदारी प्रभावकारी योगदान गर्नुपर्नेमा पनि उनले आह्वान गरे। उनले भने, “संविधानको भावना कार्यान्वयन गर्न हरेक क्षेत्रबाट ईमानदार प्रयास आवश्यक छ।

उनका अनुसार, वर्तमान संविधानले केन्द्रीकृत एकात्मक शासन प्रणालीबाट उत्पन्न विभेद उत्पीडनलाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक भौगोलिक विविधतायुक्त नेपाली समाजलाई व्यापक राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास समृद्धिको आकांक्षा पूरा गर्न संविधानले सबैलाई प्रेरणा दिने विश्वास उनले व्यक्त गरे।

राष्ट्रपति पौडेलले मुलुकको संस्कृति प्राकृतिक सम्पदाले अपार सम्भावना बोकेको भन्दै जलस्रोत ऊर्जाको उचित व्यवस्थापन गर्न सक्ने हो भने नेपाललाई छिट्टै समुन्नत राष्ट्रको अग्रपंक्तिमा पु¥याउन सकिने विश्वाससमेत प्रकट गरे। उनले बेथिति अन्त्य गर्दै सुशासनमार्फतै रोजगारी आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान...
किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

२८ साउन, काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ। आज बिहान ...
खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व...
टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा स...