बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

Advertisement

९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् ।

मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।

महिला प्रहरी जवानले बाटो काट्न रोक्दै आकाशे पुल प्रयोग गर्न आग्रह गरेपछि कठायतले उनीमाथि हातपात गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...